२०८३ भाद्र २९ सोमबार

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुदैछ कारोबार ?

ई आर्थिक    मंगलबार, असार ३ २०८२
3.4K
Shares
सुनको मूल्यमा भारी गिरावट, कतिमा हुदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं । बजारमा सुनको मूल्य फेरी घटेको छ । केहीदिनयता महंगिएको सुन आज भारीमात्रामा घटेको हो ।

सुन प्रतितोला २५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो ।

बजारमा आज  सुन प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले बतायो । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ ।

मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij