२०८३ भाद्र ३० मंगलबार

दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकियो, २० मतपत्र गायब

ई आर्थिक    सोमबार, असार १९ २०७४
4.5K
Shares
दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकियो, २० मतपत्र गायब

१९ असार, डोटी । दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ । सो नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो । ९ नं वडाको मतगणना रोकिएको छ । ९ नं वडाका ३ वटाबुथका २० वटा मतपत्र गणना गर्दा नभेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले बताउनुभयो ।

सो वडामा जम्मा एक हजार ८८ मत खसेका थिए त्यसमध्ये २० वटा मतपत्र हराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नं ८ सम्मको मतगणना भइसक्दा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार विजय खड्का (बाजी) ले तीन हजार ८५७ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा प्रोसिस महराले तीन हजार ७८३ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (एमाले)की प्रमुख उम्मेदवार मन्जु मलासीले तीन हजार ८७२ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा शिवराज खड्काले चार हजार ४६ मत प्राप्त गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij