२०८३ भाद्र ३० मंगलबार

रिभर फन बिच रिर्सोटमा यस्तो देखियो रोपाई जात्रा, पर्यटन व्यवसायीदेखि पत्रकारसम्म यसरी रमाए !

ई आर्थिक    आइतबार, असार १८ २०७४
9.9K
Shares
रिभर फन बिच रिर्सोटमा यस्तो देखियो रोपाई जात्रा, पर्यटन व्यवसायीदेखि पत्रकारसम्म यसरी रमाए !

१८ असार, काठमाडौं । धान दिवसको अवसर पारेर असार १५ गते रिभर फन बिच रिर्सोट कुरीनटारले आयोजना गरेको रोपाईं जात्रा भव्यताका साथ सम्पन्न भएको छ । रिभर फन विच रिसोर्टको परिसरमा आयोजित रोपाईं जात्रामा पर्यटन व्यवसायी, पत्रकार, कलाकार तथा स्थानियबासीहरुको ठुलो सहभागिता रहेको थियो ।

ropai1

रोपाईं जात्रा कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले रोपाईं जात्रा कार्यक्रमले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने वताए । त्यस्तै कार्यक्रममा नेपाल राष्ट्रिय पर्यटन व्यवसायि संघ (निट नेपाल) का अध्यक्ष दिपक महत,युवा पर्यटन व्यवसायी राजन सिंखडा, राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले कृषि पर्यटनको प्रवद्र्धनका लागि रिभर फनले थालेको यो अभियान निकै सर्हानिय भएको बताए ।

ropai2

रिभर फन विच रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले आँफुहरुले अव हरेक वर्ष रोपाईं जात्रा आयोजना गर्ने वताए । रोपाईं जात्रामा सहभागि पर्यटन व्यवसायी, पत्रकार, कलाकार तथा स्थानीयले हिलो छ्यापाछ्याप गरेर रमाईलो गरेका थिए ।

ropai3

river fun

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij