२०८३ साउन ११ सोमबार

उदयपुरमा एमालेको अग्रता, सात वडामा एमाले प्यानलसहित विजयी

ई आर्थिक    शुक्रबार, असार १६ २०७४
5.4K
Shares
उदयपुरमा एमालेको अग्रता, सात वडामा एमाले प्यानलसहित विजयी

१६ असार, काठमाडौं । उदयपुरको आठ स्थानीय तहको मतपरिणाम आइरहँदा वडाध्यक्षमा एमालेले अग्रता लिएको छ । हालसम्म १० वटा वडाको मतगणना सम्पन्न हुँदासम्म एमालेले ७, माओबादी केन्द्रले २ र काँग्रेसले एक वटा वडा जित हात पारेका छन् ।

रौतामाई गाउँपालिका वडानं . १ रुद्रबहादुर कार्की, ३ मा दुर्गाराज खड्का, ५ मा पाण्डव राई, ताप्लि गाउँपालिका वडानं . १ मा गोबिन्द विक्रम सेन, वडा नम्बर २ मा धर्मध्वज राई, ३ मा गंगबहादुर तामाङ, उदयपुरगढी गाउँपालिका वडानं. २ मा इन्द्रबहादुर राउत, कटारी नगरपालिका वडानं १४ मा तेजबहादुर आले मगर प्यानलसहित विजयी हुनुभएको छ ।

रौतामाईमा एमालेका अध्यक्ष गजेन्द्रबहादुर खड्का अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका भुपिन्द्रबहादुर थापाले पछ्याइरहनु भएको छ ।

त्यसैगरी चौदण्डीगढी नगरपालिका वडानं. १ का कांग्रेसका रोहितमान तामाङ विजयी हुनुभएको छ । तर आधिकारिक घोषणा गर्न बाँकी छ । ताप्लि गाउँपालिका वडानं.४ मा माओबादी केन्द्रका चित्रबहादुर मगर, ५ मा फत्तबहादुर ज्युठकुरी विजयी हुनुभएको छ । वडानं ५ को आधिकारिक घोषणा हुन बाँकी छ ।

ताप्ली गाउँपालिकामा एमाले उमेदवार उद्धवसिंह थापा विजयी भएपनि काँग्रेसले मतगणनामा असुन्तुष्टि पोख्दै घोषणा गर्न दिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij