ई-आर्थिक, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त निर्णयअनुसार कम्पनीले कुल ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ।