२०८३ भाद्र २७ शनिबार

तीन महिनालाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न प्रधानमन्त्रीको निर्देशन

ई आर्थिक    मंगलबार, माघ ११ २०७३
3.6K
Shares
तीन महिनालाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न प्रधानमन्त्रीको निर्देशन

११ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनालाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आपूर्ति र अर्थ मन्त्रालयसहित नेपाल आयल निगमका पदाधिकारीहरुलाई डाकेर प्रधानमन्त्री दाहालले ९० दिनलाई पुग्ने गरी पेट्रोल, ग्याससहितका पेट्रोलियम पदार्थ भण्डारण गराउन निर्देशन दिनुभएको हो ।

त्यस्तै, प्रधानमन्त्री दाहालले अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण यथाशक्य सक्ने गरी काम अघि बढाउन र जनतालाई राहत दिने गरी के गर्न सकिन्छ यसबारे उपाय खोज्नसमेत प्रधानमन्त्रीले ती निकाय र अधिकारीलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij