२०८३ भाद्र ३० मंगलबार

मतगणना स्थल मै झडप : माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार, ५ जना घाइते

ई आर्थिक    बिहिबार, असार १५ २०७४
3.6K
Shares
मतगणना स्थल मै झडप : माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार, ५ जना घाइते

१५ असार, काठमाडौं । बझाङको छबिसपाथिभेरा गाउँपालिकाको मतगणना स्थल मै सत्तारुढ माओवादी केन्द्र र प्रतिपक्षी नेकपा एमालेका कार्यकर्ताहरुबी झडप भएको छ । मतगणना शुरु हुने बेला एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा ५ जना घाइते भएका छन् ।

माओावादीको कार्यकर्ताहरुले एमालेका कार्यकर्तामाथि धारिलो हतियार प्रहार गरेका थिए । अनेरास्ववियुका महासचिव ऐन महरले माओवादी केन्द्रका समानुपातिक सांसद जनक बुढाको नेतृत्वमा लुकेर आक्रमण गरेको जानकारी दिए ।

मतदान केन्द्र बाहिर आपसी बिबादमा घरेलु हतियार सहित झडप भएको प्रमुख जिल्ला अधिकारी केशबहादुर थापाले जानकारी दिए । उनका अनुसार झडपमा एमालेका २ कार्यकर्ता र २ जना म्यादी प्रहरी समेत घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याउदै गरिएको र आक्रमणमा संलग्न ९ जनालाई पक्राउ गरिएको प्रजिअ थापाले बताए । केही धारिला हतियार समेत बरामद भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij