ई-आर्थिक, काठमाडौं । बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । बिहिबार सुन तोलामा ३५ सयले घटेको छ ।
आज सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी संघका जानकारी दियो । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
बजारमा चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भएको थियो ।\
अन्तर्राष्ट्रिय रुपमा अमेरिका चीनबीचको वार्ता तथा रुस र युक्रेनको वार्ताको हुन्ने विषयले पनि अन्तर्राष्ट्रिय रुपमा सुनको मूल्य घटेको जानकारहरु बताउछन् । यसको प्रभाव नेपालमा पनि परेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।