२०८३ भाद्र ३१ बुधबार

५३ प्रतिशत मत खस्यो, सवैभन्दा बढी उदयपुर र डडेलधुलामा- निर्वाचन आयोग

ई आर्थिक    बुधबार, असार १४ २०७४
6.5K
Shares
५३ प्रतिशत मत खस्यो, सवैभन्दा बढी उदयपुर र डडेलधुलामा- निर्वाचन आयोग

१४ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

विहान ७ बजेबाट सुरु भएको मतदान अपरान्ह पाँच वजेसम्म जारी रहने छ । दिउँसो १ः३० बजेसम्म करिव ५३ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो विवरण अनुसार, सवैभन्दा बढी उदयपुर र डडेलधुलामा ६५ प्रतिशत मतदान भएको छ ।

यसैगरी, सोलुखुम्बु, भोजपुर, खोटाङ लगायतका १२ जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको छ ।

यो चुनावबाट प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुनेछन् । यसमध्ये ४१ जनप्रतिनिधि भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij