ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दियो । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
बजारमा चाँदीको मूल्य भने स्थिर भएको छ । गत शुक्रबार कायम मूल्यलाई आधार मानेर नै चाँदीको खरिद बिक्री हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।