२०८३ भाद्र २८ आइतबार

पर्यटन प्रवद्र्धन गर्न फुटसल प्रतियोगिता

ई आर्थिक    सोमबार, पौस ११ २०७३
7.9K
Shares
पर्यटन प्रवद्र्धन गर्न फुटसल प्रतियोगिता

पोखरा

खेलकुदको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा न्यूज डटकमले पहिलो पटक संस्थागत फुटसल प्रतियोगिता गर्ने भएको छ ।

‘पर्यटन, खेलकुद र सञ्चार ः पोखरा प्रवद्र्धनको मूल आधार’ भन्ने नाराका साथ यही पुस ९ र १० गते हुने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पोखरा न्यूज डटकमका सञ्चालक गणेश बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरा फूलबारीस्थित टप कर्नर फुटसलमा हुने प्रतियोगिताका विजयी टिमलाई रु १५ हजार एक, उपविजेतालाई रु १० हजार र तेस्रो हुनेलाई रु पाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

कार्यक्रम संयोजक दीननाथ बरालले प्रतियोगिता सम्पन्न गर्न रु एक लाख ४५ हजार तीन लाग्ने जानकारी दिँदै प्रतियोगिताको मुख्य प्रायोजन हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ र कास्कीको माछापुच्छे«्र गाविसमा निर्माणाधीन झ्यामोलोङ हाइडा«ेपावर डेभलपमेन्ट कम्पनीको करुवा हाइड्रोपावरले गरेको छ ।

प्रतियोगिताको सहयोगीकारुपमा पोखरा टे«डिङ कन्सर्न, टपकर्नर फुटसल, पश्चिमान्चल क्षेत्रीय अस्पताल, होटल जलमलह र इकोपानी कम्पनी रहेको बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij