२०८३ भाद्र २९ सोमबार

निरन्तर बढेको सुनको मूल्य ह्वातै घट्यो, तोलामै ७५ सयले घटेर एक लाख ९० हजार ४ सय कायम

ई आर्थिक    बुधबार, बैशाख १० २०८२
4.2K
Shares
निरन्तर बढेको सुनको मूल्य ह्वातै घट्यो, तोलामै ७५ सयले घटेर एक लाख ९० हजार ४ सय कायम

ई-आर्थिक, काठमाडौं । निरन्तर एतिहासिक रेकर्ड कायम राखेको सुनको मूल्यमा आज भारीमात्रामा गिरावट आएको छ । आज सुन प्रतितोला ७ हजार ५ सयले घटेको हो ।

बुधबार सुनको मूल्य  प्रतितोला एक लाख ९० हजार ४ सय रूपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो ।

सोमबार सुनको मूल्य एक लाख ९१ हजार रूपैयाँ थियो भने मंगलबार सुन तोलामा ६ हजार ९ सयले बढेर प्रतितोला एक लाख ९७ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज  बुधबार प्रतितोला ५ रूपैयाँले घटेको छ।  चाँदीको मूल्य बुधबारका लागि प्रतितोला एक हजार ९ सय ६५ रूपैयाँ तोकिएको  महासंघले बतायो ।

बजारमा सुनको मूल्य २ लाख रुपैयाँ नजिक पुगेको  थियो ।  बजारमा निरन्तर उचाइतर्फ लागेको सुनको मूल्य मंगलबार हालसम्मकै उच्च रहदै प्रतितोला एक लाख ९७ हजार ९ सय रूपैयाँ कायम भएको हो । ।

विश्वव्यापी रुपमा आर्थिक मन्दीकाकारण पनि सुनको मूल्यले आकाश छोएको व्यवसायीहरुले बताए । लगानीको क्षेत्रमा कमी हुदा तथा सुनमा लगानी सुरक्षित हुनेहुदाँ पनि सुनको मूल्य घटबड भएको व्यवसायी बताउछन् ।

त्यस्तै अमेरिका र चीनबीच चर्किँदो व्यापार युद्धले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाइरहेका बेला लगानीकर्ताहरू सुरक्षित विकल्पतर्फ लाग्दा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको आकंलन गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij