ई-आर्थिक, काठमाडौं । सिटिजन्स बैंकले स्थापनाको १८औं वर्ष पूरा गरि १९ औं वर्षमा प्रवेश गरेको छ । बैकले आफ्नो १८ औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।। सिटिजन्स बैंकले पहिलो पटक नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यू.आर भुक्तानी सेवा तथा सिटिजन्स फ्रील्यान्सर सेभिङ्ग अकाउन्ट को सुरुवात गरेको छ ।
२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा ग्राहकहरुमाझ उत्कृष्ट सेवा पुर्याँउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज मिति बैशाख ७ गते १८ वर्ष पूरा गरि १९ बर्षमा प्रवेश गरेको अवसरमा आफ्नो १८ औं बार्षिकोत्सव मनाएको हो ।
यस १८ वर्षको अवधि पार गरिसक्दा बैंकले १८ लाख ७९ हजार गा्रहक महानुभावहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव रु २ खर्व ०२ अर्व रहेकोमा कर्जा तर्फ रु १ खर्व ७३ अर्व परिचालन गरेको छ ।
बैंकले १८औं वार्षिकोत्सवको अवसरमा आज बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिव ९२१ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बैंककले ‘रक्दान नै जिवनदान’ भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भए पनि पुरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटी र हिमाल हस्पिटल संगको सहकार्यमा सातवटै प्रदेशका कूल ३३ शाखाहरुबाट करिब ९१३ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
डिजिटल बैं किङ्गलाई उच्च प्राथमिकतामा राखि “ Brick Banking to Click Banking भन्ने मूल मन्त्र लाई आत्मसाथ गर्दै सिटिजन्स मोबाईल बैंकिङ्ग ब्रउजर मार्फत ‘ट्याप एन्ड पे ‘ तथा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यू.आर सेवा संचालनमा ल्याइएको छ । सिटिजन्स बैंकका मोबाईल बैं किङ्ग प्रयोगकर्ताहरुले आफ्नो मोबाईल बैं किङ्ग सेवा मार्फत इााष्लिभ माध्यमबाट नै रु.पाँच हजार सम्मको भुक्तानी मार्फत सहज रूपमा गर्न सक्नुहुनेछ । साथै,बैंकले नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यू.आर प्रणालीको सुरुवात गरी अन्य बैंकका ग्राहकहरूले नजिकैको सिटिजन्स बैंकको शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाईल बैंकिङ्ग मार्फत ऋचयकक द्यबलप त्भििभच त्तच् लाई स्क्यान गरेर तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नुहुनेछ । यस प्रकारको सेवाले भुक्तानी प्रक्रियालाई झनै द्रुत र सुरक्षित बनाई ग्राहकलाई सुविधाजनक सेवाको अनुभव प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ ।
र यहि अवसरमा बैंकले नयाँ बचत खाता Citizens Freelancer Saving Account), “Save Local, Earn Global – Citizens Freelancer Saving Account ” भन्ने नाराका साथ संचालनमा ल्याएको छ । यो खाता विशेष गरी फ्रील्यान्सरहरूको वित्तीय आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको हो । यस खाताका ग्राहकहरुलाई दुवै नेपाली रुपैयाँ र अमेरिकी डलर बचत खाता खोल्ने सुविधा प्रदान गरिएको छ, साथै, दुवै बचत खाताहरुमा उच्चतम ब्याजदर पनि प्रदान गरिएको छ ।
यस बचत खातामा पहिलो वर्षको लागि स्वास्थ्य उपचार बीमा रू २५,००० सम्म ( आपीडी सेवा ५००० सम्म), दुर्घटना मृत्यु बीमा रू ३००,००० सम्म लगायत निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, र डिम्याट खाता सुबिधाहरु समावेश गरिएको छ ।