२०८३ भाद्र ३० मंगलबार

दुई व्यवसायी कम्पनी कारबाहीमा, एमआरपीबिना सामग्री बेच्नेलाई कारबाही गरिने

ई आर्थिक    बुधबार, बैशाख ३ २०८२
3.6K
Shares
दुई व्यवसायी कम्पनी कारबाहीमा, एमआरपीबिना सामग्री बेच्नेलाई कारबाही गरिने

ई-आर्थिक, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यवसायी कम्पनीलाई कारबाही गरेको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लंघन गरेकाले विभागले उपत्यकाकै डिलरका रूपमा रहेको ललितपुरस्थित पशुपति इन्टरनेसनल बिजनेस प्रालि तथा पशुपति ट्रेडिङ कन्सर्न काठमाडौंलाई कारबाही गरेको विभागका महानिर्देशक कुमारप्रसाद दहालले जानकारी दिए।

उनका अनुसार पशुपति इन्टरनेसनल बिजनेस प्रालिले बिक्रीवितरण गर्ने गुट्खा तथा खैनीको कारोबार रोक्का गरिएको र यस प्रालिका सामग्रीमा तौलसमेत कैफियत देखिएकाले देशैभर कारोबार रोक्का गर्न निर्देशन गरिएको छ।

त्यसैगरी, दुवै व्यावसायिक कम्पनीलाई पनि कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन सूचना जारी गरिएको बताइएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको निर्देशनमा विभागले उपभोक्ताको अधिकारको संरक्षणका लागि निरन्तर अनुगमन तथा कारबाहीलाई प्रभावकारी बनाइरहेकोे जनाइएको छ।

सरकारले बजारमा बिक्री गरिने सबै सामग्रीमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य गरेको छ। एमआरपीबिना सामग्री बेच्नेलाई कारबाही गर्न सुरु गरिएको हो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij