२०८३ साउन १० आइतबार

नयाँ वर्षमा सामसङको टेरा–फिक सुरुवात, ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा उपलब्ध

ई आर्थिक    मंगलबार, बैशाख २ २०८२
4K
Shares
नयाँ वर्षमा सामसङको टेरा–फिक सुरुवात,  ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा उपलब्ध

ई-आर्थिक, काठमाडौं । सामसङले अद्भुत १ टिबी स्टोरेज क्षमता भएको नयाँ ग्यालेक्सी एस२५ अल्ट्राको लन्चको साथ नेपाली नयाँ वर्षको सुरुवात गरेको छ ।

यो फ्ल्यागशिप डिभाइस इन्स्टा फाइनान्सद्वारा ०% ब्याजको मासिक रु ११,७५० इएमआईमा प्राप्त गर्न सकिनेछ ।

सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप ग्यालेक्सी एस२५ अल्ट्रा १टिबी नेपाली बजारमा लन्च भएको घोषणा गरेको छ । मोबाइल अनुभवको नयाँ परिभाषा बोकेको यो डिभाइस १ टिबीको विशाल स्टोरेज, एडभन्सड ग्यालेक्सी एआई फिचरहरू, र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित छ ।

अभूतपूर्व स्टोरेज र पर्फर्मेन्स्

ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबीमा रहेको १ टेराबाइटको विशाल स्टोरेजले तपाईँका फोटो तथा भिडियोहरू, एपहरू र फाइलहरू मेमोरीको चितना नलिई सबै सुरक्षित राख्ने अझ बढी क्षमता दिन्छ । सामसङको एआई–फस्र्ट वन युआई ७ प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा सहज प्रयोग अनुभव प्रदान गर्छ ।

अझ सशक्त एआई क्षमता

अरू भेरिएन्तहरूमा पनि उपलब्ध रहेको ग्यालेक्सी एआईलाई अझ परिष्कृत बनाउँदै, यो नयाँ १ टिबी भेरिएन्तले तपाईँको कार्यक्षमता र सिर्जनात्मकता दुबैलाई नयाँ उचाइ दिन्छ । यसको ठुलो स्टोरेज क्षमताले तपाईँलाई यी एआई फिचरहरू अझ भरपुर प्रयोग गर्न सहयोग गर्छः
नाउ बर र नाउ ब्रिफः महत्त्वपूर्ण अपडेट र समाचारहरूको छोटो सारांश तत्काल पाउनुहोस् ।
सर्कल तु सर्चः स्क्रिनमा देखिएका नम्बर, इमेल वा वेबसाइटहरू सजिलै सँग चिन्नुहोस् ।
कल ट्रान्सक्रिप्ट र समरीः फोनमा गरिएको कुराकानीको सारांश र ट्रान्सक्रिप्ट पाउनुहोस् ।
राइतिंग असिस्टः नोटहरूको सारांश बनाउनुहोस् वा टेम्पलेटको साथ सजिलै मिलाउनुहोस् ।
ड्रइङ असिस्टः आफ्नो स्केच, टेक्स्ट र इमेज आइडियाहरूलाई एकै ठाउँमा ल्याउन सहयोग पाउनुहोस् ।
सहज मल्टिटास्किङ र इमर्सिभ डिस्प्लेः उच्च प्रदर्शन र आकर्षक डिस्प्लेका साथ विभिन्न कार्यहरू एकै पटक गर्न सकिने अनुभव पाउनुहोस् ।
ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी मोबाइल एआईको यात्रामा एक महत्त्वपूर्ण उन्नतिको कदम हो, जसले प्रयोगकर्तालाई अभूतपूर्व क्षमताहरू, स्मार्ट सहयात्रीको अनुभव, र दैनिक जीवन सजिलो बनाउने टेक्नोलोजी प्रदान गर्दछ ।

मूल्य र उपलब्धता

डिभाइस र्याम÷स्टोरेज रङ मूल्य
ग्यालेक्सी एस३५ अल्ट्रा
१२ जिबी ÷ १ टिबी
टाइटटेनिएम सिल्भरब्लु, टाइटटेनिएम ग्रे रु २३४,९९९

यो नयाँ भेरिएन्त वैशाख ४, २०८२ देखि देशभरिका सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ।

सामसङ हुलास फिनसर्भ हायर पर्चेजद्वारा उपलब्ध गरिएको इन्स्टा फाइनान्स सुविधा मार्फत ग्राहकहरूले सजिलो किस्ताबन्दी योजनाको साथ ०% ब्याजमा ग्यल्केसी एस२५ अल्ट्रा १ टिबी मासिक रु ११,७५० इएमआई सम्मबाट प्राप्त गर्न सकिनेछ। यस प्रक्रियाका लागि नागरिकता मात्र पर्याप्त हुनेछ । साथै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको १ पटकको ब्रेकिज इन्सुरेन्स पनि दिइनेछ। पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि सबकोफोन र आर्कोस्टोरबाट एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij