२०८३ साउन ९ शनिबार

बैंकबाट पैसा झिकेलगत्तै काउसो दलेर लुटियो

ई आर्थिक    सोमबार, माघ १० २०७३
5.1K
Shares
बैंकबाट पैसा झिकेलगत्तै काउसो दलेर लुटियो

१० माघ, काठमाडौं । नेपालगन्जमा एक व्यक्तिको ३ लाख ६५ हजार रुपैयाँ लुटिएको छ । सुर्खेतरोडस्थित सिद्धार्थ बैंकबाट पैसा झिकेर फर्किदै गरेका बागेश्वरी ह्युम पाईप कम्पनीमा कार्यरत दिनेश कंडेललाई काउसो दलेर लुटपाट गरिएको प्रहरीले जनाएको छ ।

काउसो दलेपछि चिलाएर सहन नसकेर मोटरसाईलकमा झोला राखेलगत्तै मोटरसाईकलमा सवार रहेका व्यक्तिले लुटपाट गरी फरार भएको प्रहरीले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्र गौतमले मोटर साईकलमा झोला राखेको क्षणभरमै घटना घटेको बताए । लुटेराहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij