२०८३ भाद्र २५ बिहिबार

यूरोजोनको अर्थतन्त्र बढाउन ईसीबी असफल

ई आर्थिक    सोमबार, पौस ११ २०७३
7.7K
Shares
यूरोजोनको अर्थतन्त्र बढाउन ईसीबी असफल

रिगा (लाट्भिया)

यूरोपेली केन्द्रीय बैङ्कको आक्रामक मौद्रिक नीतिले यूरोजोनको आर्थिक वृद्धिदरमा उल्लेख्य वृद्धि गर्न नसकेको लाट्भियाका केन्द्रीय बैङ्कका गभर्नरले बताएका छन् । आर्थिक सुधारमा प्रगति नहुनुले ईसीबीको स्टिमुलसको प्रभाव कम भएको गभर्नर इलमर्स रिम्सेभिक्सले बताएका हुन् । ‘ईसीबीको नगद प्रभाहले स्थितिलाई स्थिर बनाएको छ, तर समग्र अर्थतन्त्रमा यसले उल्लेख्य वृद्धि भने गर्न सकेको छैन,’ लाट्भियन रेडियो स्टेशनमा रिम्सेभिक्सले भने । यूरोजोनको मुद्रास्फीति २ प्रतिशतको लक्षित बिन्दुभन्दा बढी पु¥याउन ईसीबीले ऋणपत्र खरीद कार्यक्रमलाई सन् २०१७ को अन्त्यसम्मका लागि विस्तार गरेको छ । गतहप्ता मात्रै ईसीबीका प्रमुख अर्थशास्त्री पिटर प्रेटले मुद्रास्फीतिमा तुलनात्मक खुकुलोपना (क्यूई)को प्रभाव निराशाजनक रहेको बताएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij