२०८३ भाद्र ३० मंगलबार

एमालेले अब विकासको मुहार पूर्वबाट नै सुरुआत गर्नेछ : ओली

ई आर्थिक    बिहिबार, असार ८ २०७४
3.2K
Shares
एमालेले अब विकासको मुहार पूर्वबाट नै सुरुआत गर्नेछ : ओली

८ असार, दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेका कारण जनताले संविधान पाएको जिकिर गर्दै अब त्यसको रक्षा गर्न एमाले मात्र प्रतिबद्ध भएको बताउनुभएको छ ।

कमल गाउँपालिका वडा नं ५ को पाडाजुङीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै ओलीले भन्नुभयो, “हामीसँग क्षमता छ, योजना छ , एमालेले अब विकासको मुहार पूर्वबाट नै सुरुआत गर्नेछ ।

” उहाँले संविधानलाई कुल्चेर अधिकारका नाममा कसैलाई पक्षपोषण गर्ने तथा देशलाई अहित हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गौरादहमा आज नै आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता ओेलीले देशमा एमालेको विकासप्रतिको चाहनालाई जनताले अब मतदानबाट प्रमाणित गर्ने जिकिर गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij