२०८३ साउन ९ शनिबार

दाङमा एकसय ३६ वटा मतदानस्थल संवेदनशील, चार वटा अतिसंवेदनशील

ई आर्थिक    बुधबार, असार ७ २०७४
2.8K
Shares
दाङमा एकसय ३६ वटा मतदानस्थल संवेदनशील, चार वटा अतिसंवेदनशील

७ असार, दाङ । असार १४ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गर्दै दाङ प्रशासनले यहाँका चार वटा मतदानस्थललाई अतिसंवेदनशील, १३६ वटालाई संवेदनशील ११ वटा मतदानस्थललाई सामान्यको सूचीमा राखेको छ ।

यसपटक जिल्लामा निर्वाचनको समयमा सबैभन्दा बढी सुरक्षा चुनौतीको रुपमा नेपाल कम्युनिस्ट पार्टी(विप्लब)को गतिविधिलाई लिएको छ ।अन्य चुनौतीका रुपमा नेपाल–भारतको खुल्ला सिमाना, सडकको पहुँच नहुनु, निर्वाचन बिथोल्न सक्ने समूह र विगतका गतिविधिलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा सर्तकता अपनाएको हो ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निर्वाचनमा सुरक्षाकर्मी परिचालन गरिने निर्वाचन सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिनुभयो ।

दाङमा चुनावका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरीलाई परिचालन गरेर चुनावलाई शान्तिपूर्ण बनाउने सुरक्षा योजना बनाइसकेको उहाँले बताउनुभयो । त्यसैगरी निर्वाचनमा नेपाली सेनाले मतदानस्थल वरिपरि गस्ती गर्ने छ र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले सुक्ष्मरुपमा अध्ययन गर्ने जनाइएको छ ।

दाङमा स्थानीय तह निर्वाचनका लागि १५१ वटा मतदानस्थल, ३५१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । दुईवटा उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा गरी दुई लाख ९१ हजार १५० मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij