काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन्। उनी प्राधिकरणले अध्यक्ष सिफारिस समितिले गरेको ३ जनाको नाम सर्टलिष्ट परेका थिए ।
उनीसंगै सिफारिस रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा उनलाई नियुक्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ओझालाई बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको बागडोर सम्हाल्ने जिम्मेवारी प्रदान गरेको थियो ।
ओझा पत्रकार तथा अध्यापन अनुभव रहेको छ । ३३ वर्षका ओझाको पत्रकारिता, शिक्षण र व्यवस्थापकीय क्षेत्रमा १२ वर्षको अनुभव रहेको छ ।
उनले यस भन्दा अगाडी नेपाल उद्योग परिसंघ र नेपाल उद्योग बाणिज्य महासंघ लगायतका निजी क्षेत्रका संस्थाहरुमा कार्य गरिसकेका छन् । यद्यपी उनका लागि बीमा क्षेत्र एकदमै नया रहेको छ । उनले नेतृत्व गर्ने संस्थाको निर्देशक तथा कार्यकारी निर्देशक नै ५ दशक पार गरिसकेका अधिकृतहरु छन् ।
नेपाली कांग्रेस निकट मानिने ओझा सभापती देउवाको जोडबलमा अध्यक्ष बन्न सफल भएको चर्चा छ । व्यवस्थापन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक तहसम्मको अध्ययन गरेका उनको सबैभन्दा लामो अनुभव शिक्षण र पत्रकारितामा धेरै छ ।