२०८३ साउन १२ मंगलबार

खुम्बु क्षेत्रमा भोलिबाट हेलिकोप्टर कम्पनीहरुले उडान गर्ने

ई आर्थिक    बिहिबार, फाल्गुन १ २०८१
4.5K
Shares
खुम्बु क्षेत्रमा भोलिबाट हेलिकोप्टर कम्पनीहरुले उडान गर्ने

ई-आर्थिक, काठमाडौं । खुम्बु क्षेत्रमा भोलिबाट सबैकिसिमका व्यवसायिक र माउन्टेन फ्लाइट हुने भएको छ । विगत एक महिनादेखि अवरुद्ध हेलिकोप्टर उडान भोलि शुक्रबारदेखि पुन सञ्चालन हुने भएको हो ।

विभिन्न सरोकारवालहरु संगकुरा मिलिसक्यो,भोलिदेखि खुम्बु क्षेत्रमा हेलिकोप्टर कम्पनीले सबै किसिमका व्यावसायिक उडान गर्ने  वायुसेवा सञ्चालक संघका प्रवक्ता मुरली धर जोसीले ई -आर्थिकलाई जानकारी दिए ।

उनका अनुसार भोलिबाट व्यवसायीक तथा माउन्टेन फ्लाइट हुनेछ ।

विभिन्न सरोकार निकायहरुले पुस २१ गतेदखि व्यावसायिकरुपमा उडान बन्द गराएका थिए ।  सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत अन्य स्थानीय युवा समूह तथा संघसंस्थाहरूले निकुञ्ज क्षेत्रमा हेलिकोप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै उडानमा रोक लगाएका थिए ।

खुम्बु क्षेत्रको उडान अवरोध समाधान गर्न सरोकारवाला निकायको आग्रह

हिजो हवाईक्षेत्रसंग सम्बन्धित विभिन्न निकायहरुले  खुम्बु क्षेत्रमा उडान अवरोधले पर्यटन क्षेत्र नै धरासयी भएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका थिए  ।  विभिन्न  पर्यटन क्षेत्रमा काम गर्दै आएका संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै उडान नरोक्न आग्रह गरेका थिए ।

सगरमाथा क्षेत्रको उडानमा असुरक्षा बढेको भन्दै सञ्चालकहरूले हवाई उडान स्थगन विगत एक महिनादेखि गरेका थिए ।

वायुसेवा सञ्चालक संघ, एक्सपिडियसन अपरेटर्स एसोसिएसन, होटेल संघ, उद्योग परिसंघ, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन र नेपाल एसोसियन टुर एन्ड ट्राभल एजेन्ट्स्ले संयुक्त विज्ञप्ति जारी गर्दै वार्ताको माध्यमबाट समस्या समाधान गर्न माग गरेका थिए ।

खुम्बु पासाङल्हामु गाउँपालिका, स्थानिय युवा समूह लगायत अन्य संघ संस्थाहरु तथा सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै व्यावसायिक रुपमा यही मिति २०२५ जनावरी ०१ देखि हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध सम्बन्धमा सम्बन्धित पदाधिकारीहरुसँग संघका पदाधिकारीहरुले पटक पटक वार्ता गर्दा पनि कुनै निक्यौलमा पुग्न नसकेको र हाल उक्त क्षेत्रको हेलिप्याडमा अवरोध कायम नै रहेको व्यहोरा जानकारी गराइन्छ । विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मिति २०८१।१०।२८ गतेका दिन संघको आयोजनामा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरु नेपाल पर्यटनबोर्ड, नेपाल पर्वतारोहण संघ, पर्वतारोहण संचालक संघ नेपाल, नाटा, टान, होटल संघ नेपाल, सि. एन. आई लगायत सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा बैठक बसी हाल उक्त क्षेत्रमा देखिएका समस्याहरु कानून विपरित रहेको,तत्काल समस्या निराकरणका लागि वार्ता तथा संवादद्वारा समस्या समाधान गरिनु पर्ने, यसरी अवरोध र प्रतिबन्धकायम नै रही रहेको खण्डमा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह हुनुका साथै पर्यटन उद्योग नै धरासायीहुनुका साथ साथै हेलिकप्टर कम्पनीहरुलाई ठूलो आर्थिक भार पर्न गई व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था सृजना हुनेर हेलिकप्टर कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको रोजगारी गुम्ने हुदाँ तीनमा आश्रित परिवारको रोजीरोटी समेत खोसिने तर्फ उपस्थित सम्पूर्ण महानुभावहरुले एकमत जाहेर गर्नु भयो ।

अन्तमा,  पर्यटनसँग सम्वन्धि संघ संस्थाका उपस्थित महानुभावहरुले हाल उक्त क्षेत्रमा देखिएका समस्या समाधानका लागि वायुसेवा संचालक संघ, नेपाल तथा सदस्य कम्पनीहरुलाई साथ दिई एकवद्धता साथ अघि वढी समस्याको समाधान गर्ने धारण राख्नु भएको व्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत सम्बन्धित सरोकारवालाहरु सबैमा जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij