२०८३ साउन १० आइतबार

सरकारी वकिलद्वारा बहस पैरवी बहिष्कार

ई आर्थिक    आइतबार, माघ ९ २०७३
22.7K
Shares
सरकारी वकिलद्वारा बहस पैरवी बहिष्कार

काठमाडौँ, ९ माघ । सरकारी वकिलले उच्च अदालतमा नियुक्ति गरिएका न्यायाधीशको विरोधमा आज देशभरिका न्यायालयमा बहस पैरवी बहिष्कार गरेका छन् ।

न्यायाधीश नियुक्तिमा आफूहरुलाई बेवास्ता गरिएको भन्दै सरकारी वकिल र चार कर्मचारी सङ्गठनले आजदेखि देशभरिका न्यायालयमा बहस पैरवी बहिष्कार गरेको निजामती कर्मचारीको आधिकारिक सङ्गठन महान्यायाधिवक्तो कार्यालयका अध्यक्ष गजराज घिमिरेले जानकारी दिनुभयो ।

सरकारी वकिलसहित निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले न्यायाधीश नियुक्ति निर्णय सच्याउन माग गर्दै बहस पैरवी बहिष्कार गरेका हुन् ।

उहाँले न्यायाधीश नियुक्तिमा सरकारी वकिललाई भेदभाव र पक्षपात गरेकाले निर्णय नसच्याउँदासम्म आन्दोलन जारी राख्ने बताउनुभयो । उहाँले न्याय परिषद्ले न्यायाधीश नियुक्तिमा गल्ती स्वीकार गर्नुपर्ने र अब यस्ता गल्ती नगर्ने प्रतिबद्धता आए मात्र आन्दोलन स्थगित गरिने बताउनुभयो ।

सरकारी वकिल समाजका कार्यवाहक अध्यक्ष नारायण पौडेलले ७५ जिल्लामा रहेका अदालतमा सरकारी वकिलका तर्फबाट गरिने बहस पैरवी बहिष्कार गरिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij