चिरायु भण्डारी
अध्यक्ष, नेपाल लघु बीमक संघ
तथा
प्रमुख कार्यकारी अधिकृत
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लि.
माइक्रो इन्स्योरेन्सको समग्रमा अवस्था कस्तो छ ?
अहिलेको परिवेशमा माइक्रो इन्स्योरेन्सको अवस्था विस्तारै विस्तारै अगाडि बढिरहेको छ । यसको इतिहास भर्खरै सुरु भएको हो । विस्तारै अगाडी बढ्ने अवस्थामा रहेको छ । यो सुरु भएको मात्रै दुई वर्ष भयो । कुनै पनि कम्पनी बजारमा स्थापित हुन ३ देखि ८ वर्ष लाग्छ भने चाहे जीवन वा निर्जीवन जे होस् यो परिपक्क हुन समय लाग्छ । बजारमा यस क्षेत्रले विस्तारै आफ्नो प्रभाव पार्दै विकसित हुने प्रकृयामा रहेको छ ।
बजारमा अन्य इन्स्योरेन्स हुँदा हुँदै माइक्रो इन्स्योरेन्सको आवश्यकता किन प¥यो ?
माइक्रो इन्स्योरेन्सको अवधारण अर्कै छ । यसको उद्देय भनेको न्यून आय भएका व्यक्तिहरुलाई इन्स्योरेन्सको पहुँचमा पु¥याउने हो । ग्रामीण क्षेत्रमा तथा दुरदराजमा गएर सेवा दिनु हो । ठूला इन्स्योरेन्स कम्पनीहरुले ठूला ठूला व्यवसाय गर्छन् र उनीहरु सहर केन्द्रित भएर हुन्छन् । उनीहरुले ठूला व्यक्ति तथा ठूला व्यवसायलाई मात्र प्राथमिकतामा राख्छन् । जो निम्न आय भएका पिछडिएका वर्गहरु कसले सेवा प्रदान गर्ने भन्नेमा त्यसमा छुट्टै संस्था भएको अवस्थामा सहजिकरण हुने हुदाँ उनीहरु सेवा लिन त्यहाँसम्म पुग्छन् भन्ने आवश्यकता महसुस भएर माइक्रो इन्स्योरेन्स स्थापना भएको हो । दुरदराजका मानिसहरु र न्यून आयभएका व्यक्तिहरुलाई माइक्रो इन्स्योरेन्सले सेवा प्रदान गर्छ ।
माइक्रो इन्स्योरेन्स र अन्य इन्स्योरेन्सले व्यवसाय गर्ने तरिकामा के फरक छ ?
माइक्रो इन्स्योरेन्सले पनि एजेन्टबेसमै काम गर्नुपर्छ तरिका त्यस्तै हो । हामीले पूर्णरुपमा डिजिटल सिस्टम गरेका छौ । प्रायजसो सबै माइक्रो इन्स्योरेन्सहरु डिजिटल प्रविधीमा आधारित भएर सञ्चालित भएका छन् । कुनै पनि पोलिसी डिजिटल रुपमा सञ्चालित हुन्छ । तपाइले कुनै पनि पोलिसी डिजिटलरुपमा लिन सकिन्छ । पोलिसी लिन कुनै पनि अफिमा आउनुपर्ने भन्ने छैन्, समय कुर्नुपर्ने भन्ने छैन्, प्रविधिको प्रयोग गरेर २४औं घन्टा सेवा डिजिटल प्रविधि मार्फत बिमा सेवा लिन सकिन्छ । विशेष गरि ग्रामिण भेगमा मान्छेहरु काम गर्ने दिउँसो जाने हुदा बिमा पोलिसी बिहान तथा बेलुका फुर्सदको समयमा डिजिटलबाट गर्ने सक्ने अवस्था हामीले बनाएका छौ ।
माइक्रो इन्स्योरेन्सका बीमा गर्ने सेक्टर कस्ता कस्ता हुन्छन् ?
बिमा गर्दा लाइफ र ननलाइफ दुइ सेक्टर हुन्छन् । यस बाहेक यो सेक्टर भन्ने छैन् । माइक्रो इन्स्योरेन्समा बिमाङ्क रकम सिमित हुन्छ । जीवन बिमा गर्दा ५ लाख सम्मको गरिन्छ भने निर्जीवन बिमा गर्दा सेक्टर अनुसार फरक फरक मूल्य रहेको छ यसमा अधिकतम ५० लाख सम्म गर्न पाउने सीमा तोकेको छ । यसमा न्यूनतमा रकम तोकिदिएको छ त्यही रकमभित्र बसेर बिमा गर्न सकिन्छ । जीवन बिमा ठूला इन्स्योरेन्सको जस्तै माइक्रोमा पनि १५ वर्षे २० वर्षे योजना तोकिएको हुन्छ फरक के छ भने ठूला बिमा कम्पनीहरुको बोनसदर यति भन्ने तोकिएको हुन्छ भने हाम्रोमा ग्यारेन्टेड रकम मात्रै हुन्छ । म यति सम्म दिन्छु भन्ने पहिलै तोकिएको हुन्छ । बोनसदर भनेपछि जुन घट्न पनि सक्छ वा बढ्न पनि सक्छ । यस्तो हुदा ग्राहक वर्गलाइ कता कता झुक्काएको जस्तो हुन्छ यसरी हामी यति दिन्छौ भनेपछि त्यतिनै दिने हो, हामीले ग्यारेन्टेड रकम नै दिन्छौ ।
माइक्रो इन्स्योरेन्सको ग्रामीण भेगमा तथा दुरदराजमा पुग्ने लक्ष्य छ, यी क्षेत्रहरुमा ठूला बिमा कम्पनीहरु झन जानुपर्ने होइन् र ?
ठूला बिमा कम्पनीहरुले पनि गर्नु भएका छ उहाँहरुले नगर्नुभएको होइन् तर नेपाल सरकारले बिमा प्राधिकरणले उहाँहरुले उक्त क्षेत्रमा ठूला बिमा कम्पनीहरुको पँहुच नदेखिएको कारणले माइक्रो इन्स्योरेन्सको आवश्यकता भएको कारणले माइक्रो इन्स्योरेन्स स्थापना गरिएको हो । माइक्रो इन्स्योरेन्सले देशभरि कारोबार गर्न सक्छ । पूर्वमा मेचिदेखि पश्चिममा महाकालीसम्म सेवा प्रदान गर्न सक्छ ।
ग्राहकहरुले ठूला बिमा कम्पनीमा इन्स्योरेन्स भन्दा माइक्रो इन्स्योरेन्समा बिमा गर्दा के फाइदा छ ?
ठूला इन्स्योरेन्समा बिमा गर्नु र साना इन्स्योरेन्समा बिमा गर्दा जसको पहुँच बढि छ जो पैसा तिर्न सक्छ उसलाई बिमा आवश्यक हुदैन् एउटा करोडपतिलाई ५ लाख क्षति हुदा के फरक पर्छ तर न्यून आय भएका ज्याला मजदुरी गर्ने व्यक्तिको मृत्यु भएमा के हुन्छ उसको घर परिवारमा आर्थिक अवस्थानै डामाडोल हुन्छ । त्यो आर्थिक स्थिति डामाडोल नहोस् भन्ने उद्देश्यले माइक्रो इन्स्योरेन्स आएको हो त्यो अवधारणा ल्याएको हो । ठूलामा गर्ने भनेको सक्षम मान्छेले गर्ने हो । सानामा इन्स्योरेन्स गर्ने भनेको जो संग आय न्यून छ आयस्तर छैन् उनीहरु पर्छन् । यसमा न्यून आय भएका व्यक्तिहरु समेटिन्छन् । हामीसंग आउने भनेको तल्लो स्तरका न्यून अवस्थाका मान्छेहरु ज्याला गर्ने, मजदुर गर्ने, खेति किसानी लगायत साना-साना यूनिटमा काम गर्नेहरु पर्छन् ।घरेलु उद्योगमा काम गर्ने यी व्यक्तिहरु बिमानै छैन् ।
दुरदराजमा जो न्यून आय भएका छन् उनीहरुले बिमा गर्छन् त ?
उनीहरुले इन्स्योरेन्स गरेका छन् । उनीहरुलाई बुझाउन गाह्रो बुझिसकेपछि बिमा गर्ने हो । कतिपय स्थानीय निकायहरुमा कुनै मान्छे मृत्यु हँुदा काजकिरियाका लागि पनि उनीहरु वडा कार्यालयमा आउँछन् । वडाले आफ्नो स्तर अनुसार आर्थिक सहयोग दिन्छन् । वडाले दिएको सहयोगबाट यसबाट उनीहरुले काजकरिया टार्छन् त्यस्ता व्यक्तिहरुलाई बिमाको दायराभित्र ल्याउने हो भने वडाले सहयोग रकम दिनुभन्दा बिमा गरदिने हो भने हामीले कुनै क्षति हुदा निश्चित रकम बिमाबाट हामी दिन्छौ जस्तै बिमा प्रिमियरमा ५ हजार तिर्दा यदि केही भएका उसले १ लाख रुपैंया पाउछ । जस्तो वडाबाट ५ हजार सहयोग भन्दा १ लाख ठूलो रकम हुन जान्छ । बिमा गर्दा न्यून आयभएका व्यक्तिको जीवन स्तर अझैबढि माथि उकास्न सकिन्छ ।
हामीले स्थानीय निकायहरुमा पनि पहल गरेका छौ । व्यक्तिगत लगायत सबैतिर हामीले पहुँच पुराउन पहल तथा खोजेका छौ । स्थानीय निकायमात्रै भर परेर हुदैन्। तल्लो स्तरका व्यक्तिहरुले कमसेकम बिमाको महत्व बुझ्न प¥यो । बिमा गरेपछि यो फाइदा हुन्छ भन्ने महत्व बुझाउनेखालका काम भैरहेका छन् । ग्रामीण भेगका मान्छेहरुमा बिमाको बुझाइ एकदमै कम छ । इन्स्योरेन्स क्षेत्रमा बिमा बुझ्नेको संख्या कम छ विशेषरुपमा तल्लो स्तरका मान्छेहरुमा झैन ज्ञान छैन् ।
ग्रामीण भेगका मान्छेहरुमा बीमा ज्ञान कम छ भन्नुभयो यो त बीमा क्षेत्रमा ठूलो चुनौति भयो त ?
यो चुनौति होइन् यो हाम्रोलागि अवसर हो । धेरै मान्छेहरुलाई बिमाको दायरामा ल्याउनु भनेको यो अबसर नै हो । यसलाई चुनौती भन्न मिल्दैन् ।
माइक्रो इन्स्योरेन्सका समस्या के–के रहेछन् ?
माइक्रो इनस्योरेन्सहरुले कम बीमा शुल्क लिन्छन् । कम बीमा शुल्क लिइसकेपछि खर्चपनि त्यही अनुसारको गर्नुपर्न हुन्छ । दुर्गम क्षेत्रमा आइपुग्न निश्चत मूल्य लाग्छ । त्यो लागेको मूल्य उठ्ने खालको काम गर्नुपर्छ अहिलेको परिवेशमा त्यो नै चुनौति हो । गाह्रो भनेको दुरदराजका मान्छेहरुलाई उत्प्रेरित गर्दै बिमामा ल्याउनु रहेका छ । त्यहाँ पुग्न अलि असहज अवस्था हुँदा हामीले स्थानीय निकाय होस् वा कलेज तथा विद्यालयहरुमा लगायत विभिन्न स्थानीय समूहमार्फत समन्वय गर्दै त्यहाँ पुग्नु पर्ने हुन्छ । व्यक्तिगत भन्दा पनि विभिन्न समूहरुमा समेट्न सकियो भने हामी अगाडी बढ्न सक्छौ । आम मान्छेहरु त्यही समूहमा बस्ने त हुन् ।
लघुबीमाले के कस्तामा लगानी गर्न पाउँछन् ?
हामीले सहरमा पनि लगानी गर्न पाउँछौ । बीमा प्राधिकरणले लगानी गर्ने क्षेत्र तोकिदिएको छ । लघुबीमालाई यो यो क्षेत्रमा लगानी गर्नु भनि प्राधिकरणले तोकेको छ । प्राधिकरणले तोकिदिएकै क्षेत्रभित्र बसेर हामीले लगानी गर्ने पाउछौ । ग्रामीण क्षेत्रमा आयमूलक काम गर्न नपाएपछि ती व्यक्तिहरु सहरमा आएको हुन्छ । जस्तो रिक्सा ट्याम्पु ट्याक्सी ड्राइभर सहरलगायत विभिन्न मजदुर लगायत किसानहरु सहर आएका हुन्छन् । उनीहरुलाई पनि हामीले समेट्नु प¥यो नि ! हामीले ग्रामीण भेगलाई मात्रै प्राथमिकतामा राखेर हुदैन् । सहरी भेगमा भएका तल्लोस्तरका व्यक्तिहरुलाई समेट्नुपर्छ ।
माइक्रो बिमा कम्पनीहरुले के कस्ता कार्यक्रमहरु ल्याएमा न्यून आयभएका व्यक्तिहरु समेटिन्छन ?
विदेशहरुमा लघुबीमा कम्पनीहरुलाई सरकारले छुट्टै खालको सुविधा दिएको हुन्छ । कसरी स्थानीय निकायमा जाने कसरी उक्त क्षेत्र राम्रो हुन्छ भन्ने र सबै मान्छेहरुले बिमा सुविधा पाओस् भनेर सरकारले त्यस परियोजनाहरु ल्याएका हुन्छन् । अनिवार्य रुपमा न्यून आय भएका मान्छेहरुलाई बीमा गर्नुपर्छ भन्ने अवधारणा ल्याएमा यो क्षेत्रमा अझै बढि समेट्न सकिन्छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बारमा बताइदिनोस न ?
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स २०८० साल असार २२ मा व्यवसायिक रुपमा सुरु गरिएको हो । सुरुको व्यवसाय सञ्चालन गर्दा हाम्रो म्यादी जीवन बिमा मात्रै थियो । हामीले दीर्घायू बचत जीवन बिमा ल्याएका छौ । साना बचत योजना ल्याएका छौ । यी योजनाहरुका साथमा गएर ग्रामीण भेगमा पूर्ण रुपमा डिजिटल प्रविधिमार्फत सेवा प्रदान गरिरहेका छौ । अभिकर्ताहरुलाई डिजिटलमार्फत सबै काम गर्ने प्रवन्ध गरेका छौं । हामीले एप्समार्फत सबै कामहरु गर्न सकिन्छ पहिला जस्तो फर्मभर्ने झन्झट छैन् । सबै डिजिटलाइजेसनमार्फत सेवा प्रदान गर्न सक्छौ अभिकर्ताले भुक्तानी पनि डिजिटल प्रविधिमार्फत गर्न सक्छन् ।
भविष्यको हाम्रो योजना विस्तारै विस्तारै अगाडि बढ्दै जाने हो । कसरी हुन्छ न्यून आय भएका मान्छेहरुलाई बीमाको दायरमा ल्याउने योजना छ । अगाडी बढ्ने योजना छ । हामी देशभरि पुगिसकेका छौ । हाम्रो शाखा २६ ओटा रहेका छन् भने एजेन्टहरु अधिराज्य भरिनै छन् ।