२०८३ असोज २ शुक्रबार

चितवनको सौराहामा नेसनल लाइफ इन्स्योरेन्सको ‘लिडर्स नाइट’ कार्यक्रम

ई आर्थिक    सोमबार, माघ १४ २०८१
3.8K
Shares
चितवनको सौराहामा नेसनल लाइफ इन्स्योरेन्सको ‘लिडर्स नाइट’ कार्यक्रम

ई–आर्थिक, काठमाडौं । नेसनल लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताका लागि ‘लिडर्स नाइट’ कार्यक्रम आयोजना गरेको छ ।

चितवनको सौराहामा २ रात ३ दिनको लिडर्स नाइट विथ भूषण दाहाल कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अभिकर्ताका लागि २०८१ साउन महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई गैंडाकोटस्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराइएको थियो ।

साथै पत्रकार भूषण दाहालसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणा सहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखसहित देशभरिका उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल भएका करिब २२५ जना वरिष्ठ अभिकर्ताहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij