रियाद (साउदी अरेबिया)
विश्वको सबैभन्दा ठूलो पेट्रोलियम निर्यातकर्ता साउदी अरेबियाले घरेलु बजारमा पेट्रोल र डिजेलको खुद्रा मूल्य बढाउनेबारे सोचिरहेको छ । तेलमाथि अर्थतन्त्रको निर्भरता कम गर्नका लागि साउदीले लगातार दोस्रो वर्ष खुद्रा मूल्य बढाउन थालेको हो । यसको घोषणा यस वर्षको अन्त्यसम्ममा गरिने यस मामिलाबारे जानकार एक व्यक्तिले आफ्नो नाम गोप्य राख्ने शर्तमा अन्तरराष्ट्रिय समाचार संस्था ब्लुम्बर्गलाई भनेका छन् । यसका लागि सरकारले स्थानीय इन्धनको मूल्यलाई बेञ्चमार्क तेलको मूल्य वा अन्तरराष्ट्रिय बजारमा पेट्रोल र तेलको औसत मूल्यका आधारमा बढाउने बताइएको छ । एजेन्सी