ई-आर्थिक, चितवन । नेपाल एसबिआई बैंक लि. द्धारा श्री गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम रत्ननगर, चितवनमा सामाजिक उत्तरदायित्व कार्यक्रम आर्थिक सहयोग गरेको छ ।
नेपाल एसबिआई बैंक लि. ले श्री गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम रत्ननगर, चितवनलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरेको हो ।
कार्यक्रममा बैंकका बागमति प्रदेश कार्यलय प्रमुख, श्री प्रविण मुनि बज्राचार्यले श्री गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमका प्राचार्य, श्री सुभास चालिसेलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा बैंक तथा गुरुकुलमका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।