ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाहमा ९.१ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको चार महिनामा नेपाल राष्ट्र बैंकले सार्वजनिक तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।
जुन अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.५६८ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.५२१ अर्ब ४३ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको १ लाख ४७ हजार ४ सय ७८ छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १ सय ५ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ लाख ३७ हजार ४ सय ७५ जनाले नयाँ श्रम स्वीकृति लिदा ६८ हजार ८ सय ४१ ले पुन: श्रम स्वीकृति लिएका थिए ।