ई-आर्थिक, काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् ।
बैंकको २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले पुष १ गतेदेखि लागु हुने गरी देवकोटालाई नियुक्त गरेको हो ।
उनी चार्टर्ड एकाउण्टेण्ड हुन् । उनी यस अगाडी नबिल बैक लिमिटेडको सहायक कम्पनी नबिल सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थिए । सेक्युरिटिजमा एक वर्षको अनुभव सँगै उनि पुनः बैंकिङमा फर्किने क्रममा सिन्धु विकास बैंकको कमाण्डिङ गर्न आइपुगेका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् ।
वित्तीय क्षेत्र र पूँजी बजारमा विशेष दख्खल राख्ने उनको नेतृत्वमा सिन्धु विकास बैंकले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास बैंकको सञ्चालक समितिले लिएको छ ।