२०८३ भाद्र ३० मंगलबार

घाँटी मरुवा रोगबाट धान बाली नष्ट

ई आर्थिक    आइतबार, जेष्ठ २८ २०७४
12.7K
Shares
घाँटी मरुवा रोगबाट धान बाली नष्ट

२८ जेठ, हेटौँडा। हेटौँडा उपमहानगरपालिकाको हटियामा धान बालीमा लाग्ने घाँटी मरुवा रोगबाट धान बाली सखाप भएकाले स्थानीयवासी चिन्तित बनेका छन् । दुःख गरी लगाएको धान बालीमा घाँटी सुक्ने, कालो हुने र बोट मर्ने गर्न थालेपछि स्थानीयवासीको गुनासो पनि बढेको छ ।

स्थानीय किरण वाग्लेका अनुसार हटियाको छमुरे फाँटमा पाँच बिघा खेतमा लगाएको धानको बोट घाँटी मरुवा रोगको सङ्क्रमणले नष्ट भएको छ । उहाँले यो रोगबाट किसान मर्कामा परेको भन्दै कृषि प्राविधिक नै नभएको जस्तो भान भएको दुखेसो गर्नुभयो । वाग्लेका अनुसार त्यहाँस्थित सातजना किसानको खेतमा यस्तो समस्या देखिएको छ ।

यस्तो समस्या केही समयअघि देखिको हो । आफ्नो पनि १० कट्ठा खेतमा लगाएको धान सबै नष्ट भएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘‘अब त यो खेतमा पाँच केजी धान पनि नआउँला जस्तो छ ।”, स्थानीयवासीको सल्लाह र औषधि बिक्रेताको सिफारिस अनुसारको औषधि प्रयोग गर्दा पनि समस्या समाधान नभएको वाग्लेको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij