२०८३ साउन १० आइतबार

रसुवागढी–केरुङ राजमार्गबाट आयात सुरु, भन्सार बन्द हुदा २ अर्ब ५० करोड राजस्वमा घाटा

ई आर्थिक    बुधबार, कार्तिक १४ २०८१
2K
Shares
रसुवागढी–केरुङ राजमार्गबाट आयात सुरु, भन्सार बन्द हुदा  २ अर्ब ५० करोड राजस्वमा घाटा

ई-आर्थिक, रसुवा । रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो ।

मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नास्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएका छन् ।

राजमार्ग बन्द भई आयात ठप्प हुँदा राजस्व असुली पनि घटेको छ ।  भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले रु. दुई अर्ब ५० करोड राजस्वमा ह्रास आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij