२०८३ साउन १२ मंगलबार

प्रधानमन्त्री भएपछि देउवाले भने – कम बोल्छु, बढी गर्छु

ई आर्थिक    बुधबार, जेष्ठ २४ २०७४
3.8K
Shares
प्रधानमन्त्री भएपछि देउवाले भने – कम बोल्छु, बढी गर्छु

२४ जेठ, काठमाडौं । माओवादी केद्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्रीमा चुनिएका छन् ।

कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहणकै बेला आलोपालो रुपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो ।

प्रधानमन्त्रीमा चयन भएपछि देउवाले चौथोपटक आफ्नो यो कार्यकालमा कम बोलेर बढी काम गर्ने बताए ।

आरोप–प्रत्यारोप र तिक्तताबीच सत्ता हस्तान्तरण हुने गरेको नेपाली राजनीतिमा मंगलबार कामचलाउ प्रधानमन्त्री दाहालकै प्रस्तावमा देउवा मुलुकको ४० औं प्रधानमन्त्री चुनिएका हुन । आजको अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij