२०८३ साउन १० आइतबार

कात्तिक महिनामा घट्यो वाणिज्य बैंकहरुको निक्षेप व्याजदर, कुनको कति व्याजदर ?

ई आर्थिक    बुधबार, असोज ३० २०८१
3.1K
Shares
कात्तिक महिनामा घट्यो वाणिज्य बैंकहरुको निक्षेप व्याजदर, कुनको कति व्याजदर ?

ई-आर्थिक, काठमाडौं । कात्तिक महिनामा  कुल २० वटा वाणिज्य बैंक मध्ये १० वाणिज्य बैंकले  मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । आगामी कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका हुन् । वाणिज्य बैंकहरुले असोजका लागि मुद्दती निक्षेपमा औसत ६.४ प्रतिशत ब्याजदर दिइरहेका थिए ।

सार्वजनिक विवरणअनुसार कुल २० वटा वाणिज्य बैंकमध्ये १० वटाले मुद्दती निक्षेपको ब्याजदर घटाउदा ९ वटा बैंकले असोजकै ब्याजदरलाई निरन्तरता दिएका हुन् । कात्तिकको लागि सानिमा बैंकले भने ब्याजदर बढाएको छ । कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, एनआइसी एसिया बैंक र नबिल बैंकले कात्तिकको लागि ब्याजदर घटाएका छन् ।

साथै, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका छन् । ब्याजदर घटेसँगै असोजमा अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकामा कात्तिकमा ६.१८ प्रतिशतमा झरेको छ । भदौमा भने अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६.५० प्रतिशत थियो । यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फ पनि बैंकहरूको औसत ब्याजदर ४.९२ प्रतिशत कायम भएको छ । असोज महिनामा संस्थागततर्फ बैकहरूको औसत ब्याजदर ५.१० प्रतिशत थियो । बैंकहरूले कात्तिकका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.१४ प्रतिशत छ ।

कुन बैंकको व्यक्तिगत र संस्थागत व्याजदर कति ?

नबिल बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ ब्याजदर राखेको छ । नविल बैंकले कात्तिकमा साधारण बचततर्फ सबै खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले कात्तिक महिनामा व्यक्तिगततर्फ ५.८० प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज दिनेछ । यसअघि बैंकले असोजमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज तोकेको थियो । त्यसैगरी साधारण बचतमा बैंकले न्यूनतम ३ देखि अधिकतम ३.१० प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।

त्यस्तै, एनआईसी एशिया बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी बैंकका विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.९९ र संस्थागतर्फ ५.९९ प्रतिशत ब्याजदर बनाएको छ । असोजमा बैंकको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत ब्याज दिएको थियो । त्यस्तै, बैंकले कात्तिकका लागि साधारण बचत खातामा न्यूनतम ३.२७ प्रतिशतदेखि ५.२७ प्रतिशत ब्याजदर तोकेको छ ।ग्लोबल आईएमई बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छैन । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी विभिन्न खाताको अधिल्लो महिना कै ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज दिएको थियो

प्रभु बैंक लिमिटेडले कात्तिक महिनाका मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर तोकेको छ । भदौ र असोजमा यही ब्याजदर कायम थियो । त्यस्तै, बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र ५.२५ प्रतिशत ब्याज दिने भएको छ । यसअघि असोजमा बैंकले व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर दिएको थियो ।

साथै, एभरेष्ट बैंकले पनि कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत यथावत रहेको छ । बैंकले कात्तिकमा साधारण बचत खातामा ३.०५ प्रतिशत ब्याज दिने जनाएको छ । त्यस्तै, कृषि विकास बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फको ब्याजदर घटाएको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि बैंकले असोजमा व्यक्तिगततर्फ अधिकतम ६.०७२२ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याज दिएको थियो ।

त्यस्तै, सानिमा बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि असोजमा बैंकले व्यक्तिगततर्फ ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर दिएको थियो । बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ३.०४ प्रतिशतदेखि अधिकतम ५.०४ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर तोकेको थियो । सिद्धार्थ बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज दिने सूचनामा उल्लेख छ ।

असोजमा बैंकले व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको थियो । त्यसैगरी, बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.२५ प्रतिशत ब्याजदर तोकेको छ ।
एनएमबि बैंकले पनि कात्तिक महिनाका लागि असोज महिनाकै ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिकमा निक्षेपकर्तालाई मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याज दिनेछ । त्यस्तै, साधारण बचतमा बैंकले असोजकै ब्याजदरलाई कात्तिकमा पनि निरन्तरता दिएको छ । बैंकले न्यूनतम ३.०२ प्रतिशतदेखि अधिकतम ४.५२ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै  कुमारी बैंकले पनि कात्तिकमा नयाँ ब्याजदर कायम गरेको छैन । बैंकले गत महिनाकै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशतलाई काक्तिकमा पनि यथावत राखेको छ । साधारण बचत खातामा ४.५१ प्रतिशत ब्याज दिनेछ ।
सिटिजन्स बैंकले कात्तिक महिनाका लागि ब्याजदर मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर बनाएको छ । यसअघि बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपमा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ, जसमा ५ महिनापछि मुद्दती निक्षेपको ब्याजदर घटाएको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत प्रतिशत ब्याज दिएको थियो । असारदेखि असोजसम्म सोही ब्याजदर तोकिएको थियो । बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.५ प्रतिशत ब्याजदर तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij