२०८३ भाद्र २५ बिहिबार

ट्रम्पले कार्यभार सम्हाल्दै, सपथ ग्रहण कार्यक्रम आज

ई आर्थिक    शुक्रबार, माघ ७ २०७३
6K
Shares
ट्रम्पले कार्यभार सम्हाल्दै, सपथ ग्रहण कार्यक्रम आज

माघ ७, अमेरिका । अमेरिकाका नवनिर्वाचित राष्ट्रपतिको रुपमा रिपब्लिकन डोनाल्ड ट्रम्पले आज कार्यभार सम्हाल्दै हुनुहुन्छ ।

अमेरिकी सर्बोच्च अदालतका प्रधानन्यायधिसबाट सपथ लिएपछि ट्रम्पले ह्वाइटहाउस पुगेर कार्यभार सम्हाल्नुहुनेछ । गत नोभेम्वरमा भएको निर्वाचनमा उहाँले प्रतिद्वन्दी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनलाई पराजित गर्नुभएको थियो । सपथ कार्यक्रममा हिलारी समेत सहभागी हुनुहुनेछ ।

७१ बर्षिय ट्रम्प अमेरिकाको सबैभन्दा पाको उमेरको राष्ट्रपति बन्नुभएको छ । कार्यभारसंगै उहाँले केहि विवादास्पद नीति सार्वजनिक गर्ने संभावना रहेको अमेरिकी संचारमाध्यमले उल्लेख गरेका छन् ।

आप्रवासीप्रति अनुदार मानिने ट्रम्प चीनको आलोचक हुनुहुन्छ । अमेरिकाको परराष्ट्रनीतिले संसार भर नै प्रभाव पर्ने भएकाले ट्रम्पको कार्यकाललाई धेरैले चासोका साथ हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij