२०८३ साउन १२ मंगलबार

धुम्रबराह माध्यमिक विद्यालयको जग्गामा ब्यबसायिक भवन बनाइदै, बालेनमाथि अर्को ‘प्रहार’ भएको स्थानीयको दाबी

ई आर्थिक    आइतबार, असोज ६ २०८१
4.2K
Shares
धुम्रबराह माध्यमिक विद्यालयको जग्गामा ब्यबसायिक भवन बनाइदै, बालेनमाथि अर्को ‘प्रहार’ भएको स्थानीयको दाबी

ई–आर्थिक, काठमाडौं । काठमाडौँ महानगरपालिका–४ स्थित धुम्रबराह माध्यमिक विद्यालयको नौ रोपनी ६ आना जग्गामा व्यवसायिक भवन बनाउन सुरु गरिएको छ । उक्त जग्गा कब्जा गरी भूमाफिया सक्रिय भएको स्थानीयहरुले आरोप लगाएका छन् । उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सार्वजानिक विद्यालयलाई शुद्धिकरण अभियानलाई अवरोध गर्ने प्रपञ्च सहितको विद्यालयको जग्गामा व्यवसायिक भवन बनाउन लागेको आरोप पनि उनीहरुले लगाएका छन् ।

धरहरा महानगरबाट खोसेर शहरी विकास मन्त्रालय मातहतमा ल्याएर सञ्चालनमा ल्याएको केही समय नवित्दै स्कूलको जग्गामा व्यवसायीक भवन बन्न लागेको प्रयासलाई काठमाडौंका मेयर शाहलाई अर्को प्रहार भएको रुपमा लिइएको छ ।

उनीहरु विद्यालयको  जग्गामा पार्टी पुनर्निर्माणका नाममा कब्जा जमाउन कम्मर कसेर लागेको र लगभग सफल भै सकेको दाबी स्थानीय सर्वसाधरणको छ ।

२०७६ साल जेठमा ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको उक्त बिद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन भै रहेको छ । कामपा ४ का वडाध्यक्ष दिनेश महर्जन भूमाफियाको लोभमा फसेर उक्त  विद्यालयको नाममा लालपुर्जासमेत भएको जग्गामा ब्याबसायिक  भवन निर्माण गर्न राजि भएको स्रोतले दाबी स्थानीय सर्वसाधारणले गरेका छन् ।

राजनीतिक अभिक्षा पुरा गर्न कामपाका मेयर शाहलाई असफल बनाउने योजना अन्तर्गत  कामपा ४ का  वडाध्यक्ष दिनेश महर्जनले उक्त कार्य अघि बढाएको हुनसक्ने उनीहरुको अनुमान छ । यसको प्रतिवादमा उत्रने स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij