२०८३ साउन ११ सोमबार

मन्त्रीद्धारा गाडी दुरुपयोगः हातमा पावर भएपछि सरकारी गाडीलार्इ यसरी बनाए निजी

ई आर्थिक    शुक्रबार, जेष्ठ १९ २०७४
5.4K
Shares
मन्त्रीद्धारा गाडी दुरुपयोगः हातमा पावर भएपछि सरकारी गाडीलार्इ यसरी बनाए निजी

१९ जेठ, काठमाडौं । मन्त्रीलाई सुविधास्वरुप एउटा गाडी उपलब्ध गराउने सरकारी प्रावधान भए पनि परराष्ट्रमन्त्री प्रकाशशरण महतले तीन वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् ।परराष्ट्रमन्त्री भएपछि उनले दुई वटा बुलेट प्रुफ ‘मर्सिडिज बेन्ज’ र एउटा ‘स्कार्पियो’ गरी तीन वटा सरकारी गाडी प्रयोग गरिरहेका हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारी प्लेट (सेतो) मा रहेको स्कार्पियो गाडीको नम्बर प्लेट नै परिवर्तन गरी उनले निवासको प्रयोजनमा प्रयोग गरेका छन्। अहिले स्कार्पियो गाडीको नम्बर रातो बनाइएको छ। निजी सवारी साधनमा रातो नम्बर प्रयोग हुन्छ। सरकारी नम्बर प्लेटको स्कार्पियोलाई निजीमा परिवर्तन गरी उनले निवासको प्रायोजनका लागि राखेको स्रोतले बतायो।

‘परराष्ट्र मन्त्रीज्यूले आफ्नो प्रयोजनका लागि तीन वटा गाडी राख्नु भएको छ। दुई वटा मर्सडिज बेन्च र एउटा स्कारपियो। मस्डिज गाडी कार्यालयको प्रायोजनका लागि राख्नुभएको छ भने स्कार्पियो गाडी निवासमा राख्नुभएको छ,’ स्रोतले भन्यो। २०६८ भदौमा सरकारले प्रधानमन्त्री, मन्त्री, सहमायक मन्त्री तथा राज्य मन्त्रीको सेवा सुविधान निर्धारण गरेको थियो।आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij