२०८३ भाद्र २९ सोमबार

मुक्तिनाथ बैंकका ग्राहकलाई दीर्घायु अस्पताल पोखराको सेवामा २० प्रतिशतसम्म छुट

ई आर्थिक    बिहिबार, जेष्ठ १७ २०८१
5.1K
Shares
मुक्तिनाथ बैंकका ग्राहकलाई दीर्घायु अस्पताल पोखराको सेवामा २० प्रतिशतसम्म छुट

ई–आर्थिक, काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन पोखराको पृथ्वीचोकमा रहेको दीर्घायु पोखरा अस्पतालसँग व्यावसायिक सम्झौता गरेको छ।

सम्झौता पश्चात् बैंकका ग्राहकले अस्पतालको अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधी लगायतका विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन्।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij