२०८३ भाद्र ३० मंगलबार

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको क्यू आर टेलर सुविधा सुरुवात

ई आर्थिक    मंगलबार, बैशाख १८ २०८१
7.3K
Shares
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको क्यू आर टेलर सुविधा सुरुवात

ई–आर्थिक, काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले डिजिटल कारोबारको माध्यमबाट ग्राहकहरुलाई नगद भुक्तानीमा थप सहज गराउने उद्देश्यले औपचारिक कार्यक्रम गरी क्यू आर टेलर सुविधाको सुरुवात गरेको छ ।

संस्थाका अध्यक्ष युवराज भण्डारीले औपचारिक सुरुवात गर्नु भएको सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, सहायक महाप्रबन्धक श्रीमती अर्चना प्रधान, मुख्य प्रबन्धक श्रीमती शिल्पा प्रधानाङ्ग, वरिष्ठ प्रबन्धक शिवराज भण्डारी तथा संस्थाका अन्य कर्मचारी तथा ग्राहकहरुको उपस्थिति रहेको थियो ।

क्यू आर टेलर सुविधाबाट संस्थाका गा्रहाकहरुले सो प्रविधि मार्फत नगद भुक्तानी लिन सक्ने छन् । यस प्रविधिले ग्राहाकहरुलाई आफ्नो कारोबार गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ ।

सो क्यू आर टेलर सुविधा संस्थाले हाललाई काठमाण्डौं उपत्यकाको शाखाहरुमा सुरुवात गरेको छ भने निकट भविष्यमा देशभरका सबै शाखाहरुमा सुरुवात गर्ने योजना रहेको छ ।

यस संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी ए.टि.एम सेवा, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij