२०८३ असोज २७ मंगलबार

रसुवाका किसानको पीडा: सडक अवरुद्ध हुँदा तरकारी बिक्री ठप्प, पुल बनाउन जनश्रमदान

ई आर्थिक    सोमबार, असोज २६ २०८३
627
Shares
रसुवाका किसानको पीडा: सडक अवरुद्ध हुँदा तरकारी बिक्री ठप्प, पुल बनाउन जनश्रमदान

रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिकाका स्थानीय किसानहरू यतिबेला संकटमा परेका छन्।

गत भदौ १० गते आएको बाढीका कारण सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएपछि किसानहरु संकटमा परेका हुन्।

बाढीले बाटो र पुल बगाएपछि झन्डै डेढ महिनादेखि नाकाबन्दी जस्तै अवस्था भोगिरहेका वडा नं १ देखि ५ सम्मका किसानले बन्दाकोपी र आलु बजार बिक्री गर्न नपाएका कारण मर्कामा परेका हुन्।

खेतबारीमै तरकारी कुहिएर जाने अवस्था आएपछि किसानको जीविकोपार्जन जोगाउन स्थानीय युवा र जनप्रतिनिधि पुल निर्माण गर्न अग्रसर भएका छन्। स्याफ्रुबेँसीस्थित खोलामा पुल बनाउन स्थानीयकै सक्रियता र श्रमदानबाट काठेपुल निर्माण अघि बढेको छ।

आमाछोदिङमो गाउँपालिका-५ का अध्यक्ष रामबहादुर, वडा नं ४ का अध्यक्ष धर्म तामाङ र वडा सचिव छेवाङको अगुवाइमा स्थानीय बुद्धिजीवी, समाजसेवी र युवाको टोलीले पुल निर्माणलाई गति दिइरहेका हुन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij