२०८३ असोज २४ शनिबार

मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै

ई आर्थिक    शुक्रबार, असोज २३ २०८३
399
Shares
मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै

बागमती । मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ। कमानेबाट २०५२/५३ सालतिर जिल्लामा सुरु भएको यो व्यवसाय तीन दशकको अन्तरालमा विस्तारित भएको मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष गोविन्द सापकोटाले जानकारी दिए।

मकवानपुरको गढी गाउँपालिका, हेटौँडा उपमहानगरपालिकाका वडा नं १६, १७ लगायतका स्थानमा यसको विस्तार भएको उनले जानकारी दिए। ‘जिल्लामा लेयर्स र ब्रोइलर गरी १० लाखभन्दा बढी कुखुरापालन भइरहेको छ’, उनले भने, ‘उत्पादित कुखुराको बजारको समस्या छैन। राजधानी काठमाडौंसँगै वीरगञ्ज र मधेसका विभिन्न स्थानमा यहाँको उत्पादन पुग्ने गरेको छ।’

जिल्लामा करिब ४०० को सङ्ख्यामा कुखुरापालक व्यवसायी रहेको उनले बताए। जिल्लामा ठूलो सङ्ख्यामा कुखुरा पाल्ने व्यवसायी पाँच/छ जनामात्रै छन्। यस्तै, १० देखि २० हजारको सङ्ख्यामा कुखुरापालन गर्ने व्यवसायी भने केही बढी छन्।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न बाहिरबाट आयातित कुखुरा तथा अण्डा निरुत्साहित गर्नेगरी राज्यले नीति लिनु जरुरी भएको संघका जिल्ला उपाध्यक्ष रविन ढकालको भनाइ छ। मकवानपुरमा दैनिक चारदेखि साढे चार लाख अण्डा उत्पादन हुने गरेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij