२०८३ असोज २७ मंगलबार

मञ्जुश्री फाइनान्सको रक्तदान कार्यक्रम सम्पन्न, ५९ जनाद्वारा रक्तदान

ई आर्थिक    मंगलबार, असोज २७ २०८३
570
Shares
मञ्जुश्री फाइनान्सको रक्तदान कार्यक्रम सम्पन्न, ५९ जनाद्वारा रक्तदान

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

फाइनान्सले असोज २४ गते शनिबार आयोजना गरेको कार्यक्रममा संस्थाका कर्मचारी, ग्राहक तथा सर्वसाधारण गरी करिब १५० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा करिब १२० जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए भने ५९ जनाले रक्तदान गरेका थिए।

कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यापार अधिकृतलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

मञ्जुश्री फाइनान्स लिमिटेड २०८३ असोज २८ गतेदेखि स्थापनाको २०औँ वर्षमा प्रवेश गर्दैछ। संस्थाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर हरेक वर्ष विभिन्न सामाजिक तथा जनहितकारी कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ।

करिब २ लाख १० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको मञ्जुश्री फाइनान्सले हालसम्म करिब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने करिब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

फाइनान्स कम्पनीहरूमध्ये अग्रणी संस्थाका रूपमा रहेको मञ्जुश्री फाइनान्सले हाल २८ वटा शाखा कार्यालय र एउटा विस्तारित काउन्टरमार्फत आफ्ना वित्तीय सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij