काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको २० औं साधारणसभा सम्पन्न भएको छ । आज शुक्रबार कम्पनीका अध्यक्ष संजिव न्यौपानेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक प्रतिवेदन, र लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२ / ०८३ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु पारित गरेको छ । त्यस्तै सभाले आ.व २०८३/०८४ का लागि लेखापरिक्षकको नियुक्त गरि निजको पारिश्रमिक निर्धारण गरेको छ।
साधारणसभाले संस्थापक शेयरधनी समूहको तर्फबाट ३ जना, सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना र एक जना स्वतन्त्र संचालकहरुको निर्वाचन गरेको छ। जस अनुसार संस्थापक शेयरधनीको तर्फबाट संजिव न्यौपाने, सिर्जना खड्का र द्वारिकाप्रसाद न्यौपाने संचालकमा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण शेयरधनीको तर्फबाट सुशान्त तिमल्सिना र स्वतन्त्र संचालकमा लोकराज जोशी चयन भएका छन् ।