२०८३ असोज २३ शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ साधारण सभा सम्पन्न, १०.५२६३ प्रतिशत लाभांश पारित

ई आर्थिक    शुक्रबार, असोज २३ २०८३
152
Shares
सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ साधारण सभा सम्पन्न, १०.५२६३ प्रतिशत लाभांश पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। असोज २२ गते बिहीबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न सभाले शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाबाट बैंकको हाल कायम जारी तथा चुक्ता पूँजीको ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत भएको हो। उक्त बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुग्ने जनाइएको छ।

चार वर्षका लागि नयाँ सञ्चालक समिति चयन

साधारण सभाले आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ। संस्थापक शेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्यामकुमार शर्मा सञ्चालकमा चयन भएका छन्।

त्यसैगरी, सर्वसाधारण शेयरधनीका तर्फबाट विष्णुप्रसाद ढकाल, कृष्णप्रसाद रेग्मी र भावना अग्रवाल सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन्।

नवनिर्वाचित सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको बैंकले जनाएको छ।

वित्तीय विवरण र मर्जरसम्बन्धी प्रस्ताव पारित

साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गर्नुका साथै लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन तथा मर्जर र प्राप्तिसम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ।

देशभर १०९ शाखा र ३० एटीएमबाट सेवा

बैंकले ग्राहक तथा आम नागरिकको विश्वास र भरोसालाई आधार बनाउँदै देशभर आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ। हाल बैंकले १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै आएको बैंकले आगामी दिनमा पनि आफ्नो सेवा सञ्जाल विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij