२०८३ असोज २३ शुक्रबार

एक वर्षमा १ लाख १४ हजारभन्दा बढी विद्यार्थीले लिए वैदेशिक अध्ययन अनुमतिपत्र

ई आर्थिक    बिहिबार, असोज २२ २०८३
646
Shares
एक वर्षमा १ लाख १४ हजारभन्दा बढी विद्यार्थीले लिए वैदेशिक अध्ययन अनुमतिपत्र

काठमाडौँ । नेपालबाट विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या उच्च रहेको देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै १ लाख १४ हजार ९२४ वटा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा उक्त सङ्ख्यामा वैदेशिक अध्ययन अनुमतिपत्र जारी गरिएको उल्लेख छ।

नेपालबाट विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले मन्त्रालयबाट अनिवार्य रूपमा वैदेशिक अध्ययन अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ। पछिल्ला वर्षहरूमा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको सङ्ख्या निरन्तर उच्च रहँदै आएको छ।

एनओसीसँगै विदेशी मुद्रा सटहीका लागि सिफारिस

मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई अध्ययन अनुमतिपत्र प्रदान गर्नुका साथै विदेशी मुद्रा सटहीका लागि आवश्यक सिफारिससम्बन्धी कामसमेत गर्दै आएको छ।

मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईका अनुसार शाखाले विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीको वैदेशिक अध्ययन अनुमतिपत्र तथा विदेशी मुद्रा सटहीका लागि आवश्यक सिफारिससम्बन्धी प्रक्रिया व्यवस्थापन गर्दै आएको छ।

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको बढ्दो सङ्ख्यासँगै वैदेशिक अध्ययन अनुमतिपत्र लिन आउने विद्यार्थीको चापसमेत उच्च रहँदै आएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij