२०८३ असोज १६ शुक्रबार

सुरक्षा निकायका आउटलेटबाट पनि ग्यास बिक्री गर्ने सरकारको तयारी

ई आर्थिक    शुक्रबार, असोज १६ २०८३
513
Shares
सुरक्षा निकायका आउटलेटबाट पनि ग्यास बिक्री गर्ने सरकारको तयारी

काठमाडौँ। बजारमा एलपीजी ग्यासको आपूर्ति असहज भएपछि सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पेट्रोलियम बिक्री केन्द्रबाट समेत ग्यास वितरण गर्ने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङका अनुसार सुरक्षा निकायका कम्तीमा एक–दुईवटा आउटलेटबाट ग्यास बिक्री गर्ने व्यवस्था मिलाउन लागिएको हो। आपत्कालीन अवस्थामा वैकल्पिक माध्यमबाट ग्यास उपलब्ध गराउँदा उपभोक्तालाई सहज हुने मन्त्रालयको अपेक्षा छ।

ग्यास आपूर्ति व्यवस्थापनमा देखिएको समस्यापछि सरकारले प्रत्यक्ष तथा वैकल्पिक वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी अघि बढाएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij