काठमाडौं । एन आई सी एशिया बैंकका ई-कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरुले अब नेपालमै पहिलो पटक Apple Pay र Google Pay अन्तर्गतका Visa तथा Mastercard प्रयोगकर्ता मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्ने भएका छन्। यस सुविधा अन्तर्गत डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्य सहित बैंकको CyberSource Payment Gateway मा आवद्ध हुनुभएका र हुन चाहने व्यवसायिक ग्राहकहरुले विश्वभर रहेका Apple Pay तथा Google Pay प्रयोगकर्ताबाट आफ्नो ई-कमर्स प्लेटफर्ममार्फत सहज र सुरक्षित रुपमा भुक्तानी स्वीकार गर्न सक्ने बैंकले जनाएको छ।
Apple Pay/Google Pay विश्वव्यापी रुपमा मान्यताप्राप्त मोबाइलमा आधारित भुक्तानी माध्यम हुन् । जसमा अन्तर्राष्ट्रिय ग्राहकहरुले भौतिक रुपमा कार्ड प्रयोग गर्नु पर्ने झन्झटलाई हटाइ आफ्नो कार्डको विवरणहरुलाई Apple र Google Android मोबाइलमा Tokenize गरेर सरल तरिकाबाट भुक्तानी गर्न सक्ने छन्।
बैंकका अनुसार यस सुविधाको उपयोग गर्न विशेषगरी होटल, टुर्स एण्ड ट्राभल्स, ह्यान्डीक्राफ्ट, एयरलाइन्स, ई-कमर्स, आईटी क्षेत्र जस्ता मर्चेन्ट ग्राहकहरुले बैंकको ई-कमर्स पेमेन्ट गेटवे CyberSource मा आवद्ध भई अन्तर्राष्ट्रिय ग्राहकहरुबाट Apple Pay र Google Pay मार्फत भुक्तानी लिन सक्ने छन्। यस सुविधाले नेपाली व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि थप सहज र परिचित Payment experience सुविधा प्रदान गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
विशेषगरी पर्यटन तथा आतिथ्य, यात्रा, ई-कमर्श, आईटी क्षेत्र, सामान निर्यात गर्ने व्यवसायी लगायत अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्ने व्यवसायका लागि यसले अन्तरदेशीय व्यापार विस्तार गर्न तथा विदेशी मुद्रा आर्जनको सम्भावनालाई थप सहयोग पुऱ्याउने अपेक्षा गरिएको छ । नेपालमै पहिलो पटक शुरु भएको यस भुक्तानी सेवाले भुक्तानी सेवालाई थप सहज र सरल बनाउने, मर्चेन्ट ग्राहकको व्यवसायमा टेवा दिने, भुक्तानी सरल र सुरक्षित बनाउनुको साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान गर्दै देशको अर्थतन्त्र र अन्तरदेशीय भुक्तानीमा नयाँ आयाम थप्ने बैंकले विश्वास लिएको बैंकले जनाएको छ ।