२०८३ असोज १३ मंगलबार

वित्तीय संस्था संघको अध्यक्षमा सेन्ट्रल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठ निर्वाचित

ई आर्थिक    आइतबार, असोज ११ २०८३
456
Shares
वित्तीय संस्था संघको अध्यक्षमा सेन्ट्रल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजोज मान श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। साधारण सभा असोज २ गते काठमाडौंमा सम्पन्न भएको थियो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा नेपाल फाइनान्स लिमिटेडका सीईओ उद्धवराज थपलिया र महासचिवमा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका सीईओ अनिल श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यमा गोर्खाज फाइनान्स लिमिटेडका सीईओ ज्ञानेन्द्र इवाहाङ र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडका सीईओ अनिल जोशी चयन भएका छन् ।

साधारण सभाले संघका विगतका गतिविधि तथा प्रगतिबारे समीक्षा गर्दै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको जनाएको छ ।

संघले निवर्तमान अध्यक्ष सुनिल पन्तले आफ्नो कार्यकालमा संघलाई संस्थागत रूपमा सुदृढ बनाउन पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरेको छ। पन्तले निवर्तमान अध्यक्षका रूपमा आगामी दिनमा नयाँ कार्यसमितिलाई आवश्यक मार्गदर्शन प्रदान गर्ने संघले जनाएको छ ।

नवनिर्वाचित कार्यसमितिले वित्तीय संस्थाबीचको समन्वय, सहकार्य र संस्थागत एकतालाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै, सदस्य संस्थाका साझा मुद्दालाई सम्बन्धित निकायसमक्ष प्रभावकारी रूपमा उठाउने तथा नेपाल राष्ट्र बैंक र सरकारसँग रचनात्मक सहकार्य गर्ने लक्ष्य नयाँ कार्यसमितिले लिएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij