२०८३ असोज १४ बुधबार

नेपाल–भारत सम्बन्ध प्रगाढ, प्रधानमन्त्रीसंग भारतीय राजदूत श्रीवास्तव बिदाइ भेट

ई आर्थिक    मंगलबार, असोज १३ २०८३
152
Shares
नेपाल–भारत सम्बन्ध प्रगाढ, प्रधानमन्त्रीसंग भारतीय राजदूत श्रीवास्तव बिदाइ भेट

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले  नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताउनुभएको छ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी गर्नुभएको बिदाइ भेटका क्रममा सम्माननीय प्रधानमन्त्री शाहले  उक्त कुरा बताउनुभएको हो।

सो क्रममा  प्रधानमन्त्रीले  हालैको बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्‍याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो।

भेटका अवसरमा प्रधानमन्त्री शाहले  राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकोमा बधाई दिनुहुँदै आगामी जीवनका लागि शुभकामना समेत व्यक्त गर्नुभयो।

सो भेटघाटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै विकास परियोजनाहरू सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग पुर्‍याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij