२०८३ भाद्र ५ शुक्रबार

ईभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

ई आर्थिक    बिहिबार, भाद्र ४ २०८३
589
Shares
ईभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ ।  चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एकसय वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्।

मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारीसाधन र अन्य सामग्रीबाट राज्यकोषमा २९ करोड रूपैयाँ राजस्व दाखिला भएको छ।

यो नाकाबाट दैनिक १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विदुर चुडाललले जानकारी दिए।

गत आवमा यहाँबाट तीन हजार विद्युतीय सवारीसाधन आयात भएका थिए। गत आवमा ६ अर्ब ९२ करोड रूपैयाँ राजस्व संकलन भएको थियो।

यो नाका ईभी आयातको नयाँ मार्गका रुपमा विकसित भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij