२०८३ भाद्र २६ शुक्रबार

काठमाडौंमा कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला, देउवाले सम्बोधन गर्ने

ई आर्थिक    शुक्रबार, साउन २९ २०८३
1.2K
Shares
काठमाडौंमा कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला, देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने भेलालाई कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।

इतर समूहले आयोजना गरेको तीनदिने भेलाको बन्दसत्र साउन ३० र ३१ गते सञ्चालन हुनेछ। बन्दसत्रमा विभिन्न विषयमा छलफल गर्दै पार्टीका आगामी नीति तथा कार्यक्रम तय गरिने बताइएको छ।

भेलामा देशभरबाट करिब पाँच हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने आयोजकको अनुमान छ।

यसैबीच, जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आक्रमणमा परी सिंगापुरमा उपचार गराएर बिहीबार स्वदेश फर्किएका देउवालाई संस्थापन इतर समूहका नेता–कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गरेका थिए। विमानस्थलबाट उनलाई सोझै चुनदेवीस्थित कार्यालय लगिएको थियो।

देउवा पुगेसँगै कार्यालयको बाहिर तथा उनको चेम्बरभित्र ‘सभापति’ उल्लेख गरिएको बोर्डसमेत राखिएको छ। इतर समूहले आजदेखि सुरु गर्न लागेको राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा उक्त बोर्ड राखिएको हो।

भेलालाई संस्थापन इतर समूहले पार्टीभित्रको आगामी राजनीतिक दिशा, संगठनात्मक विषय तथा नयाँ नीति–कार्यक्रमबारे छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij