२०८३ साउन ११ सोमबार

बजेट कार्यान्वयनमा सरकारको जोड, अर्थमन्त्री डा. वाग्लेद्वारा प्रमुख मन्त्रालयका सचिवसँग छलफल सुरु

ई आर्थिक    सोमबार, साउन ४ २०८३
570
Shares
बजेट कार्यान्वयनमा सरकारको जोड, अर्थमन्त्री डा. वाग्लेद्वारा प्रमुख मन्त्रालयका सचिवसँग छलफल सुरु

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल सुरु गर्नुभएको छ।

अर्थ मन्त्रालयको सुवर्ण हलमा सोमबार सुरु भएको बैठकमा बजेट कार्यान्वयनको अवस्था, मन्त्रालयगत तयारी, समन्वय तथा कार्यान्वयनका चुनौतीबारे छलफल भइरहेको छ।

अर्थमन्त्री डा. वाग्लेको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, गृह र रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिहरू सहभागी छन्।

बैठकमा बजेटका कार्यक्रम समयमै कार्यान्वयन गर्ने, अन्तरमन्त्रालय समन्वयलाई प्रभावकारी बनाउने तथा विकास खर्चको कार्यान्वयनमा देखिएका समस्याको समाधानका उपायबारे छलफल केन्द्रित रहेको अर्थ मन्त्रालयले जनाएको छ। सरकारको प्राथमिकताअनुसार बजेट कार्यान्वयनलाई तीव्र, परिणाममुखी र प्रभावकारी बनाउने विषयमा समेत बैठकमा जोड दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij